सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • काभ्रेमा आज एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

काभ्रेमा आज एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

4205
Shares
काभ्रेमा आज एकैदिन थपिए यति धेरै कोरोना संक्रमित

 

काभ्रे जिल्लामा आज एकैदिन धेरै कोरोना संक्रमित थपिएका छन् ।

धेरै समयपछि काभ्रेमा आज १६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी २६ जना मा गरिएको परिक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएका संक्रमित संगै जिल्लामा १४ हजार ८७७ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै आज कुनैपनि कोरोनाका विरामी निको भएका छैनन् ।

हालसम्म जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६४६ पुगेको छ ।अब जिल्लामा सक्रिय संक्रमित पनि बढेका छन् ।

जिल्लामा अहिले ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै कोरोनाका सक्रिय विरामी बनेपा नगरपालिकामा छन् ।

बनेपामा अहिले २० जना कोरोनाका सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यसपछि धुलिखेलमा ११, नमोबुद्धमा ६ पनौती नगरपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ३६ जना होम आइसोलेशनमा छन् भने २ जनाको अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

 

4205
Shares

ट्रेन्डिङ