सबैको समाचार
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • काभ्रेमा प्रहरी सहायक निरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काभ्रेमा प्रहरी सहायक निरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

6510
Shares
काभ्रेमा प्रहरी सहायक निरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनपद प्रहरी समुह तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार आज उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा एक बिशेष कार्यक्रमको आयोजना गरी बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यालय र मातहत प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत र प्रहरी हवल्दार तथा जवानहरुको उपस्थितीमा बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले दर्ज्यानी चिन्हद्धारा सुशोभीत गरेका हुन् ।

दर्ज्यानी चिन्हबाट सुशोभीत हुने प्रहरी सहायक निरीक्षकहरु कमल बहादुर खत्री, रविन्द्र बस्नेत, विर बहदुर साह, विनेश कुकार यादव, संयज प्रसाद यादव, शिवरतन महत्तो, राम बहादुर अधिकारी, राम विनोद प्रसाद साह कलवार रहेका छन् ।

प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका सम्पुर्ण प्रहरी सहायक निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले सफल कार्यकालको शुभकामना दिएका छन् ।

 

6510
Shares

ट्रेन्डिङ