सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • गरगहना र नगद चोर्ने ७ महिला प क्रा उ

गरगहना र नगद चोर्ने ७ महिला प क्रा उ

5165
Shares
गरगहना र नगद चोर्ने ७ महिला प क्रा उ

 

भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोर्ने एउटा गिरोह नै प क्रा उ परेको छ।

प क्रा उ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन्।

जिल्ला प्र ह री कार्यालय चितवनका अनुसार मकर संक्रान्तिका अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडमा सर्वसाधारणको नगद र गरगहना चो र्न आएका र चो रीमा संलग्न भारतीय मूलका महिला प क्रा उ परेको प्र ह रीले जनाएको छ।

उनीहरूले शनिबार सांढे १२ बजे भरतपुर महानगरपालिका-१० बस्ने बसन्त गिरी र सीता गिरीको नारायणगढस्थित शहिदचोकको फुटपाथमा सामान किन्ने क्रममा सीताको झोलामा रहेको नगद ६ हजार, एटिएम कार्ड २ थान र ९४ हजार मूल्य बराबरको २ थान सुनको औंठी चोरेको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

चोरी भएपछि तत्काल त्यहींँ वरिपरि रहेका ती महिलाहरूमाथि खानतलासी गर्दा उक्त चो री भएको सामान फेला परेको हो।

सो गिरोहले सोही दिन भरतपुर महानगरपालिका-५ बस्ने मायादेवी श्रेष्ठको २ लाख बराबरको सुनको सिक्री चो रेको किटानी जाहेरीको आधारमा उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थपेर अ नुस न्धान भइरहेको प्र ह रीले जनाएको छ।

 

 

 

 

 

 

5165
Shares

ट्रेन्डिङ