सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • फागुमा इच्छा विपरीत रङ खेल्नेलाई कारबाही

फागुमा इच्छा विपरीत रङ खेल्नेलाई कारबाही

4970
Shares
फागुमा इच्छा विपरीत रङ खेल्नेलाई कारबाही

गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
मन्त्रालयको सूचना विपरीत कसैको इच्छा÷स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराइका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ । रासस

4970
Shares

ट्रेन्डिङ