सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • जिल्ला प्रशासन कार्यालय काभ्रे फेरी बन्द

जिल्ला प्रशासन कार्यालय काभ्रे फेरी बन्द

10095
Shares
जिल्ला प्रशासन कार्यालय काभ्रे फेरी बन्द

 

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत केहि कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरीएको हो ।

प्रशासनले सार्वजनिक सूचना जारि गर्दै यहि माघ १६ गतेदेखि लागू हुनगरी २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको जनाएको छ ।

जारी गरिएको सूचनामा नयाँ नागरिकता प्रतिलिपी/ नाबालक परिचयपत्र सम्बन्धी कार्य, राहदानी वितरण, नागरिकता अभिलेख प्रमाणिकरण, राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, संघ/संस्था दर्ता, नविकरण तथा संघ/संस्था सम्बन्धी अन्य कार्यहरु, हातहतियार नविकरण तथा विष्फोटक पदार्थ अनुमतिपत्र सम्बन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिसलगायतका सेवा वन्द गरिएको छ।

त्यस्तै शान्ति सुरक्षा सम्बन्धी कार्य, मुद्धा सम्बन्धी कार्य, इमर्जेन्सी राहदानी, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सूचारु हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रशासन कार्यालयले यस अघि पनि माघ ९ गते देखि माघ १४ गतेसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

 

10095
Shares

ट्रेन्डिङ