सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • सुन र चाँदीको मूल्य बढ्यो‚ कतिमा हुँदैछ कारोबार?

सुन र चाँदीको मूल्य बढ्यो‚ कतिमा हुँदैछ कारोबार?

5845
Shares
सुन र चाँदीको मूल्य बढ्यो‚ कतिमा हुँदैछ कारोबार?

 

काठमाडौं : सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला ५०० र चाँदी पाँच रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले जारी गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रूपैयाँ तोकिएको छ।

सोमबार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम गरिएको छ। यसको मूल्य सोमबार ९२ हजार १०० रूपैयाँ तोकिएको थियो।

यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ।

 

5845
Shares

ट्रेन्डिङ