सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्य केन्द्रीय सदस्यमा निर्बाचित

काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्य केन्द्रीय सदस्यमा निर्बाचित

9790
Shares
काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्य केन्द्रीय सदस्यमा निर्बाचित

 

काभ्रे काँग्रेसका निर्वतमान सभापति मधु प्रसाद आचार्य केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् ।

आचार्य नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्यतर्फ बाट सदस्यमा विजयी भएका छन् । मधु आचार्यले १५५० मत प्राप्त गरेर निर्बाचित भएका हुन् । आचार्यले डा.शेखर कोइरालाको प्यानलबाट उमेदवारी दिएका थिए ।

नेपाली कांग्रेसले केन्द्रीय सदस्य खस आर्यतर्फकाे मत परिणाम आज साझँ सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् । खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा.शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् । उनीहरुमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् ।

पुरूष सात र महिला ६ जनामा एक/एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०), श्यामकुमार घिमिरे (१८५२), नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महिलातर्फ मञ्जु खाणले सर्वाधिक मत पाएकी छिन्। उनी गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन्। निर्वाचित हुनेमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना छन्। प्रतिमा गौतमबाहेक सबै सभापति देउवा प्यानलका हुन्।

 

 

9790
Shares

ट्रेन्डिङ