सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री दाहालको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन

प्रधानमन्त्री दाहालको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन

6460
Shares
प्रधानमन्त्री दाहालको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन

२९ मंसिर, काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।
कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेकाे उल्लेख गरेका थिए । जसका कारण उनलार्इ संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो ।
अहिले प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण हेर्दा उनी पनि गरिब नै देखएका छन् । प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख छ । यो पनि स्वआर्जन नभएर पैतृक भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरेको छ ।
उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी, कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । सोही स्थानमा थप ३ आना जग्गा रहेको उल्लेख छ ।
तराईमा १९ विघा जग्गा, बैंक ब्यालेन्स २९ लाख, साढे १३ लाख उठाउन बाँकी, २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको एउटा निशान भ्यान र २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।
यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा २ तले घर र १ तले गोठ छ । यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ ।

6460
Shares

ट्रेन्डिङ