सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झ ड प

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झ ड प

5370
Shares
नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झ ड प

 

 

काठमाडौं : एमसिसीवि रु द्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झ ड प हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र त ना वग्रस्त बनेको छ।

एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झ ड प हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो।

 

अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै सरकारवि रु द्ध चर्का नाराबाजी लगाइरहेका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थितिमा विरोध प्रदर्शन भइरहेको छ।

 

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरूले एमसिसी यथास्थितिमा पास गर्न नहुने अडान लिएका छन्। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भने एमसिसी संसद्‌बाट पास गर्नुपर्ने पक्षमा रहेको छ।

 

प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसिसी नेपालको हितमा कदापि नभएको दाबी गरे। एमसिसीले नेपालको भौगोलिक अखण्डतामाथि पनि चुनौती थप्ने बताए।

 

एमसिसी सम्झौता लागू भएमा नेपालको कानुन र सुरक्षानिकायले पनि एमसीसीको मुद्दा हेर्न नपाउने व्यवस्था रहेको उनको भनाइ छ।

एमसिसीमा नेपालीहरूका लागि अकल्पनीय कानुनी प्रणाली समावेश गरिएको भन्दै त्यो कुरा कुनै पनि नेपालीलाई सह्य नहुने उनले चेतावनी दिए।

 

 

 

5370
Shares

ट्रेन्डिङ