सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • तुइनबाट खसेर बेपत्ता पुरुष मृत फेला

तुइनबाट खसेर बेपत्ता पुरुष मृत फेला

1855
Shares
तुइनबाट खसेर बेपत्ता पुरुष मृत फेला

काठमाडौँ | हुम्लमा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक जना मृत अवस्था फेला परेका छन् । सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा सोही ठाउँस्थित कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगु सोरु गाउँपालिका-५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

कर्णाली करिडोरमा काम सकी कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्केदेउबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको जनाएको छ ।

उता ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका-१ बस्ने ४१ वर्षीय दुर्गा प्रसाद बिक सोही ठाउँ आमचोकस्थित भीर नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दार्चुलाको लेकम गाउँपालिका-१ बन्डोली बस्ने ८० वर्षीया कुष्मा विष्ट सोही ठाउँस्थित नौलाबाटा भिर भन्ने स्थानबाट करिब २ सय मिटर तल मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोमबार दिउँसो घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बित्थड भरडकोट पोष्टबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

उता उदयपुरको कटारी नगरपालिका-८ माटे बस्ने ७२ वर्षीय पृथ्वी बहादुर कार्की आफ्नै बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् भने गुल्मी, मदाने गाउँपालिका-२ बसुन्धारा बस्ने २६ वर्षीया बिस्‍ना रोका आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

1855
Shares

ट्रेन्डिङ