सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • बागमती प्रदेश मन्त्रिपरिषद विस्तार, काभ्रे बाट बने दुई जना मन्त्री

बागमती प्रदेश मन्त्रिपरिषद विस्तार, काभ्रे बाट बने दुई जना मन्त्री

4915
Shares
बागमती प्रदेश मन्त्रिपरिषद विस्तार, काभ्रे बाट बने दुई जना मन्त्री

 

बागमती प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।

जसअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् ।

4915
Shares

ट्रेन्डिङ