सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • चन्द्रागिरि केबलकारको विधिवत् उद्घाटन

चन्द्रागिरि केबलकारको विधिवत् उद्घाटन

8605
Shares
चन्द्रागिरि केबलकारको विधिवत् उद्घाटन

अम्बिका । मंसिर ३०
चन्द्रागिरि हिल्स प्राईभेट लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार, चन्द्रागिरी मन्दिर विहीबार दुलही झैं सिँगारियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरु, सासंद, कलाकार, लेखक र उद्योगपतिलगायत हजारौं आगन्तुक बिच चन्द्रागिरी हिल्सद्वारा निर्मित केवुलकारको बिहीबार विधिवित् उद्घाटन भएको छ ।
chandragiri-16साउन २५ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको भएपनि बिहीबार मात्रै चन्द्रागिरि हिल्स लिमिटेडले औपचारिक कार्यक्रम गरी केलबकारको उद्घाटन गरेको हो ।
चन्द्रागिरी शिखरमा नवनिर्मित केवुलकार स्टेशनपरिसर फूल र बेलुनले सझाइएको थियो । चन्द्रागिरी जाने प्रवेशद्वार रातो कार्पेटले रंगीन बनाइएको थियो । केवुलकार स्टेशननजिकै रहेका फुडकोर्ट, वालउद्यान, सिनेमा घर, भ्यूटावरलगायत यत्रतत्र आगन्तुकहरु रमाइरहेका भेटिन्थे । चन्द्रगिरी चुचुरोमा विभिन्न साँस्कृतिक पोशाक लगाएका युवतीहरु साँगेतिक प्रस्तुती दिइरहेका थिए । स्टेशननजिकै पानीको फोहोरा लगाइएको थियो भने वाचनालय वरपर समेत विश्राम गर्ने यथेष्ट श्रद्धालुहरु देखिन्थे ।
chandragiri-cablel-car-22प्रधानमन्त्री प्रचण्डले थानकोटस्थित केवुलकार स्टेशनमा रिवन काटेर चन्द्रगिरी केवुलकारको उद्घाटन गरेपछि केवुल कार चढेर चन्द्रागिरी स्थित भालेश्वर मन्दिर पुगेर परिसरमा आयोजित औपचारिक कार्यक्रममा पुगेका थिए ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले चन्द्रागिरि केबलकार समयमै निर्माण भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘समयमै निर्माण भएको यो केबल कार निजी क्षेत्रका लागि प्रेरणादायी भएको छ भने सरकार र कर्मचारीतन्त्रको लागि चुनौति बनेका छ ।’
सञ्चालक चन्द्र ढकालले चन्द्रागिरि केबलकारका कारण नेपाल आउने पर्यटकको यहाँ बस्ने समय १ दिने थपिने दाबी गरेका छन् । उनका अनुसार सञ्चालनमा आएपछि यसले २ लाख ५० हजार मानिसहरुलाई सेवा दिइसकेको छ । साथै यसले राज्यलाई ६० लाख भन्दा बढि राजस्व समेत तिरको छ । भूकम्प र नाकाबन्दीको कारण चन्द्रागिरिको निर्माण केहि प्रभावित भएको थियो । तर लामो समय निर्माण कार्य रोकिएन ।
chandragiri-17सञ्चालक अम्बीका प्रसाद पौडेलका अनुसार २०६६ सालमा चन्द्रागिरीमा केबलकार लैजाने योजनासहित काठमाडौं फनपार्क प्राइभेट लिमिटेडको गठन भएको थियो । तर, ५ वर्ष सरकारबाट अनुमति लिनै लाग्यो । पौडेलले भने ‘काठमाडौंबासीका लागि अहिले थकान भुलाउने कुनै ठाउँ नै छैन, थकान भुलाई मनोरञ्जन दिन सकियोस् भनेर हामीले चन्द्रागिरिमा केबल कार लैजाने योजना बनाएका थियौं । ‘
चन्द्रागिरि समुन्द्री सतहबाट २५ सय ४० मिटर उचाइमा छ, जसले गर्दा यहाँबाट मौसम राम्रो भएको समयमा हिमालहरु देख्न सकिन्छ । साथै हिमाल नै दृश्यावलोकन गराउने उद्देश्यका साथ कम्पनीले चन्द्रागिरिमा ‘भ्यू टावर’ समेत निर्माण भएको छ ।

8605
Shares

ट्रेन्डिङ