सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सारथीको नागरिक समाज संस्थाका लागि पैरवी कार्यशाला धुलिखेलमा सम्पन्न

सारथीको नागरिक समाज संस्थाका लागि पैरवी कार्यशाला धुलिखेलमा सम्पन्न

6500
Shares
सारथीको नागरिक समाज संस्थाका लागि पैरवी कार्यशाला धुलिखेलमा सम्पन्न

 

 

विगत लामो समयदेखि काभ्रेको विभिन्न पालिकामा काम गर्दै आएको सामुदायिक सारथीले पैरवी क्षमता अभिबृद्धि तथा कार्यशाला सम्पन्न गरेको छ ।

 

काभ्रेको धुलिखेलमा आज भएको कार्यक्रममा जिल्लाका विभिन्न नागरिक समाज संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहभागि भएका सामुदायिक सारथीका काभ्रे जिल्ला संयोजक भेष बहादुर दनुवारले जानकारी दिए ।

 

सहभागीहरुलाई एफएचआई ३६० का भोला भट्टराईले पैरवीको विविध आयामहरुका बारे जानकारी गराएका थिए । कार्यशालामा पैरवी गर्दा ख्याल गर्नु पर्ने कुरा, पैरवी गर्दाका फाइदा, पैरवी गर्दा आइपर्ने समस्या, समाधानका उपाय, सकारात्मक परिर्वतनका विषयमा विशेष छलफल भएको थियो ।

 

त्यसैगरी पैरवी चक्र, पैरवीका सवाल, कार्ययोजना, विधि र प्रक्रियाका बारे सहभागिहरुलाई भट्टाराई सहजीकरण गरेका थिए । कार्यक्रममा सामुदायिक सारथीका कार्यक्रम ब्यवस्थापक अनिल खनालले नागरिक समाज संस्थाले पहरेदारी, खबरदारी र साझेदारीलाई हमेश ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

 

गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष टोम सापकोटाले नागरिक समाजले आम नागरिकको सवाललाई पैरवी गर्नुपर्ने बताए ।

 

पैरवी निकै ठूलो विषय भएकाले पैरवी गर्ने ब्यक्ति र संस्थाले आफ्नो क्षमता अभिबृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । सामुदायिक सारथीका अध्यक्ष कृष्णप्यारी नकर्मीले नागरिक समाज संस्था र पैरवीमा सहभागी ब्यक्तिहरु समयानुकुल प्रशिक्षित हुन आवश्यक रहेको बताइन् ।

 

 

6500
Shares

ट्रेन्डिङ