सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • एमाले काभ्रेका अध्यक्षको नगर धुलिखेलमा वडातहको उम्मेदवार टुंगो लगाउनै मुस्किल

एमाले काभ्रेका अध्यक्षको नगर धुलिखेलमा वडातहको उम्मेदवार टुंगो लगाउनै मुस्किल

11410
Shares
एमाले काभ्रेका अध्यक्षको नगर धुलिखेलमा वडातहको उम्मेदवार टुंगो लगाउनै मुस्किल

आगामी निर्वाचनका लागि सर्वाधिक चासोपूर्वक हेरिएको धुलिखेल नगरपालिकामा एमालेलाई वडा तहको उम्मेदवार टुंगो लगाउन निकै मुस्किल परेको पाइएको छ ।

अहिलेसम्म एमाले धुलिखेलले वडा नम्बर ४ मा कमल रायको नाममात्रै अध्यक्षको उम्मेदवारका लागि टुंगो लगाएको छ । त्यस बाहेक अन्य वडाहरुमा टुंगो लगाउने प्रयास भइरहेको नगर कमिटी अध्यक्ष दयाराम महतले बताउनुभयो ।

धुलिखेल नगरपालिका एमाले काभ्रेका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको गृह नगर हो । वडा तहमा सर्वसम्मत उम्मेदवार टुंगो लगाउन नसक्दा पार्टी अध्यक्ष ब्याञ्जु स्वयम दबाबमा रहेको स्रोतको दाबी छ ।

एमालेले पाँचखाल, मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाका धेरै जसो वडामा उम्मेदवारी सर्वसम्मत घोषणा गरेको छ । धुलिखेल एमालेमा १० औँ जिल्ला अधिवेशनपछि तीब्र असन्तुष्टि छ । त्यहि असन्तुष्टिलाई नेतृत्वले समयमै सम्बोधन नगर्दा धुलिखेल एमालेभित्र प्रभावशली मानिने नेताहरु कांग्रेस प्रवेश गरेका छन् ।

वडा तहमा उम्मेदवार बन्न खोज्नेको आंकाक्षी धेरै छन् । ती आंकाक्षीलाई ब्यवस्थापन गर्न नेतृत्वले प्रयास भने जारी राखेको छ । तर अन्य नगरपालिका र गाउँपालिकामा धमाधम उम्मेदवार टुंगो लाग्दै गर्दा जिल्ला पार्टी अध्यक्षकै नगरमा टुंगो नलाग्दा भने असन्तुष्टिको चाङ ठूलै छ भन्ने कुरा प्रष्ट देखिन्छ ।

11410
Shares

ट्रेन्डिङ