सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा चट्याङ लागेर छोरीको मृत्यु, आमा घाइते

काभ्रेमा चट्याङ लागेर छोरीको मृत्यु, आमा घाइते

29165
Shares
काभ्रेमा चट्याङ लागेर छोरीको मृत्यु, आमा घाइते

काभ्रेमा चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार साँझ चट्याङ लागेर काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर १६ वर्षीय कान्छीमाया माेक्तानको मृत्यु भएको हो। भने चट्याङ लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा मृतककी आमा सञ्चमाया माेक्तान र मामा बुद्ध घलान रहेका छन्।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा माेक्तानको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ। चट्याङले एक वटा भैँसी समेत मरेको छ । चट्याङका कारण घरको जस्ता, सोलार, गोठ आदिमा क्षति पुगेको छ।

 

29165
Shares

ट्रेन्डिङ