काभ्रेमा ४ दिन ट्रिपर चलाउन नपाईने भएको छ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै भोली बिहान ६ बजेदेखी जेठ १ गते रातीसम्म ट्रिपर चलाउन नपाईने भएको हो ।
स्थानीय तहको निर्वाचन पर्सी शुक्रबार देशैभर एकैसाथ हुँदैछ ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सूचना जारी गर्दै ट्रिपर संचालन बन्द हुने जानकारी गराएका छन् । चुनावका दिन पनि काभ्रेजिल्ला सहित देशैभर कुनैपनि सवारी साधन संचालन हुने छैन् ।