सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

4070
Shares
सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।

उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।

काठमाण्डौ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

4070
Shares

ट्रेन्डिङ