सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • पाँचखाल नगरपालिकामा उपमेयरलाइ कार्यकक्ष दिने बारेमै विवाद

पाँचखाल नगरपालिकामा उपमेयरलाइ कार्यकक्ष दिने बारेमै विवाद

15695
Shares
पाँचखाल नगरपालिकामा  उपमेयरलाइ कार्यकक्ष दिने बारेमै  विवाद

काभ्रेको पाँचखाल नगरपालिकामा उप मेयरलाई नयाँ कार्यकक्षमा राखिएको छ ।

नेकपा एमालेबाट उप मेयरमा निर्वाचित सूर्यमाया दनुवारलाई नयाँ कार्यकक्षको व्यवस्था गरिएको हो ।

निवर्तमान उपमेयरको कार्यकक्ष बन्द गरेर एमालेबाट निर्वाचित उपमेयर सूर्यमाया दनुवारलाई नयाँ कोठामा राखिएको हो ।

पहिलाको कोठा सानो र ढुसी आएकाले नयाँ कार्यकक्ष बनाइएको नगपालिकाले जनाएको छ ।

यता उप मेयर दनुवार भने जनतासामु सहजै सम्पर्क हुन नसक्ने स्थानमा सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले सपथ ग्रहण गरे पनि अहिले सम्म पदभार भने ग्रहण गरेकि छैनन् । उनले नयाँ कार्यकक्षमा नबस्ने अडान राखेकि छिन ।

15695
Shares

ट्रेन्डिङ