सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पालिकाको समग्र नीति निर्माणमा सरोकारवाला पक्षलाई समेट्ने काभ्रेका जनप्रतिनिधिको प्रतिवद्धता

पालिकाको समग्र नीति निर्माणमा सरोकारवाला पक्षलाई समेट्ने काभ्रेका जनप्रतिनिधिको प्रतिवद्धता

4225
Shares
पालिकाको समग्र नीति निर्माणमा सरोकारवाला पक्षलाई समेट्ने काभ्रेका जनप्रतिनिधिको प्रतिवद्धता

काभ्रेका नवनिर्वाचित जनप्रतिनिधिले समग्र नीति निर्माणमा सरोकारवाला पक्षलाई समेट्ने काभ्रेका जनप्रतिनिधिको प्रतिवद्धता जनाएका छन् ।

जिल्लाको धुलिखेलमा सामुदायिक सारथीले नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको नीति निर्माण तथा सेवा प्रवाहका बारे गरेको छलफलमा सहभागी जनप्रतिनिधिहरू यस्तो बताएका हुन् ।

कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा, पाँचखाल नगरपालिकाका उपप्रमुख सुर्य माया दनुवार, बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान र खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा सहभागी भएका सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवारले जानकारी दिए ।

कार्यक्रमामा कानुन कार्यान्वयनमा कसैलाई विभेद नहुने समेत जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन । महाभारत गाउँपालिकाका उपाध्यक्ष मोक्तानले कानुन कार्यान्वयनमा आउने उल्झनका बारे बेला बेला यस्तो कार्यक्रम हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा सामुदायिक सारथीका अध्यक्ष कृष्ण प्यारी नकर्मीले कानुन निर्माण र कार्यान्वयनमा पारदर्शी हुनु पर्नेमा जोड दिइन् । स्थानीय तह घर गाउँका सबैभन्दा नजिकको सरकार भएको भन्दै जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा आफ्नो जनतालाई थाहा नै नदिन काम कारबाही गर्नु नहुने उनको भनाई छ ।

स्थानीय तहले सुशासन र पारदर्शी ढंगले काम गर्नु पर्ने,जनताको आवश्यकताका आधारमा कानुन निर्माण गर्नुपर्नेमा अध्यक्ष नकर्मीले जोड दिइन् ।

4225
Shares

ट्रेन्डिङ