सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

7280
Shares
पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

7280
Shares

ट्रेन्डिङ