सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काभ्रेका मोक्तान पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काभ्रेका मोक्तान पक्राउ

11725
Shares
बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काभ्रेका मोक्तान पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काभ्रेका एक जनालाई प्रहरीले महाराजगञ्‍जबाट पक्राउ गरेको छ ।

प्रहरीको उपत्‍यका अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका ५ घर भई हाल महाराजगञ्‍ज बस्‍ने ५६ वर्षीय अनिल मोक्तानलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

उनले पीडितहरु विदुर पौडेल, प्रदीप बास्कोटा, दिपबहादुर अधिकारी र बालकृष्ण थापा मगरलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्‍यानमा पारेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

11725
Shares

ट्रेन्डिङ