सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • समानता आयो समृद्धि ल्याउन र संविधान कार्यन्वयन गर्न हामी मिलेर कार्य गर्नु पर्छ :- मन्त्री काफ्ले

समानता आयो समृद्धि ल्याउन र संविधान कार्यन्वयन गर्न हामी मिलेर कार्य गर्नु पर्छ :- मन्त्री काफ्ले

615
Shares
समानता आयो समृद्धि ल्याउन र संविधान कार्यन्वयन गर्न हामी मिलेर कार्य गर्नु पर्छ :- मन्त्री काफ्ले

” बनेपा महोत्सब ” पाचौं सस्करण सुरु , १६ दिन चल्ने

काभ्रे :– जिल्लाको ब्यापारीक नगरी बनेपामा बनेपा महोत्सवको पाचौ सस्करण सुरु भएको छ । सोही महोत्सब उद्घाटन गर्दै मन्त्री काफ्लेले देशमा समानता आएको र अब समृद्धिको यात्रामा सङै लाग्नु पर्ने बताउनु भएको छ । उहाँले सम्बोधनकै क्रममा सबिधानको कार्यन्वयन गर्न सबै एक जुट भएर लाग्नु पर्ने तर्क समेत दिनु भएको हो । भने सघियता आजको आबस्यकता भएको समेत बताउनु भएको छ ।

“हाम्रो अभियान खेलको शान सस्कृती समृद्धि बनेपाको पहिचान” भन्ने नाराको साथ सुरु भएको महोत्सवको यो पाचौ सस्करण हो । २०६७ सालमा बनेपा ब्वाईज क्लबले पहिलो सस्करण आयोजना गरेको थियो । भने कोभिडले गर्दा केही बर्ष रोकिएको महोत्सब पाचौ सस्करणमा पुगेको छ । पाचौं सस्करण सम्म सफल बनाउन सहयोग गर्नु हुने स्थानिय र विभिन्न निकाएलाई धन्यबाद सहित यो पटकको महोत्सव समेत सफल बनाउन सहयोगको अपेक्षा बनेपा ब्याईज क्लब (बिबिसी) का अध्यक्ष महेश कु कर्मचार्यले सुभकामना मन्तव्य ब्यक्त गर्दै बताउनु भयो ।

भने उनले महोत्सव सङै फुटबल , महिला फुटबल देखि सितोरियो , गायन , धिमे बाजा आदिको समेत प्रतिस्पर्धा गराईने र प्रोत्साहन स्वरुप पुरस्कार समेत आयोजकले वितरण गर्ने जानकारी गराउनु भयो ।

महोत्सवलाई उद्घाटन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले अब ब्यबसायिहरुको ब्यवसायको ग्यारेन्टी राज्यले लिनु पर्ने बताउनु भएको छ । सम्बोधनकै क्रममा काफ्ले यो देशमा स्वतन्त्रताको आन्दोलन सकियो । आज कसैलाई हेप्ने पेल्ने दिन नभएको सुझाए ।

भने समाजमा समानता भो अब समृद्धि हामिले मिलेर काम गर्दै ल्याउने बताउनु भयो । काफ्लेले सबै नागरिकले आफ्नो देश आफैले बनाउने हाम्रो देश हामिले नै बनाउने हो । सधियता हाम्रो आन्दोलन बाट आएको हो । सघियता हाम्रो आवस्यकता हो । महोत्सव सफलताको कामना गर्दै , स्थानिय उत्पादन स्टलमा आधा भरीभराउ हुने गरी कार्य गर्न सुझाब ब्यक्त गर्नु भयो । सबैजना हातेमालो गरेर संविधान कार्यन्वयन गर्ने जिम्मेवारी भएको बताउदै महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

महोत्सवमा स्थानिय उत्पादन देखि दैनिक उपभोग्य बस्तु र चाडपर्वमा प्रयोग हुने सर समान सहित बाल उधानको समेत ब्यवस्थाप गरिएको छ भने सहितका १६२ वटा स्टलमा दैनिक उपभोग्य देखि मनोरन्जनका सर समान्न र होटल हरु समेत राखिएको छ् ।आज बाट प्रारम्भ महोत्सव १६ दिन सम्म अर्थात १९ गते सम्म चल्ने छ ।

615
Shares

ट्रेन्डिङ