सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीकाे लछारपछार (भिडियाेसहित)

ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीकाे लछारपछार (भिडियाेसहित)

5420
Shares
ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीकाे लछारपछार (भिडियाेसहित)

काठमाण्डाैकाे बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेकाे छ ।

आज शुक्रवार दिउँसाे मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाण्डाै नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेकाे हाे । सामाजिक सञ्जालमा अहिले त्याे भिडियाे भाइरल भएकाे छ ।

एक जना वृद्ध पुरुष र ती महिलाले ठेला नलैजान अनुराेध गर्दा गर्दै पनि नगर प्रहरीले लछारपछार गर्दै ठेला गाडीमा हालेकाे भिडियाेमा देख्न सकिन्छ । अहिले नगर प्रहरीकाे त्याे ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलाेचना भइरहेकाे छ ।

यसअघि काठमाण्डाै महानगरपालिकाले बेलुका ६ बजेपछि मात्रै फुटपाथमा व्यापार गर्न पाउने बताएकाे थियाे । यद्यपि साना व्यापारीले भने महानगरले दुःख दिँदै आएकाे गुनासाे गरेका छन् ।

5420
Shares

ट्रेन्डिङ