सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • सवारीसाधनमा फेरि जोरबिजोर नियम, भोलिदेखि नै लागु हुने

सवारीसाधनमा फेरि जोरबिजोर नियम, भोलिदेखि नै लागु हुने

6795
Shares
सवारीसाधनमा फेरि जोरबिजोर नियम, भोलिदेखि नै लागु हुने

काठमाडौं , साउन २१ : कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। गृहमन्त्रालयको निर्णायनुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा भोलि (बिहीबार) देखि जोरबिजोर प्रणाली लागु गरिएको हो।

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यकबाहेकका सबै किसिमका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।

6795
Shares

ट्रेन्डिङ