सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजदूत रायद्वारा सहकारी भवनको शिलान्यास

राजदूत रायद्वारा सहकारी भवनको शिलान्यास

3995
Shares
राजदूत रायद्वारा सहकारी भवनको शिलान्यास

नेपालका लागि भारतका राजदूत रणजीत रायले आज यहाँ सहकारी भवनको शिलान्यास गर्नुभयो । बरुवाछाप महिला बहुउद्देश्यीय प्रशिक्षण सहकारी संस्थाको प्रथम साधारणसभाको अवसरमा सहकारी भवनको आज एक कार्यक्रमका बीच राजदूत रायले शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै राजदूत रायले गतवर्षको भूकम्पपछि राहत वितरणमा भारत सरकारले विभिन्न सहयोग गर्दै आएको र त्यसै क्रममा बरुवा गाविसबाट विस्थापित भएर काठमाडौँमा अस्थायी शिविरमा बसोबास गर्दै आएका भूकम्पपीडितसँगको भेटघाटपछि आफूले उक्त सहकारी भवन निर्माणका लागि सहयोग गर्न आएको बताउनुभयो ।
सो महिला कृषि सहकारी संस्था भएकाले महिला सशक्तीकरण बिना देशको विकास नहुने भन्दै समाजको आधारशीलाका रुपमा महिलाको विशेष भूमिका हुने उहाँको भनाइ थियो ।
बरुवा गाविसका लागि स्वास्थ्य, शिक्षा, सडक, खानेपानीजस्ता विकासका पूर्वाधार निर्माण भारत सरकारको प्रमुख प्राथमिकतामा रहेकाले छिट्टै नै नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउने राजदूत रायले बताउनुभयो ।
भवन निर्माणका लागि अस्ट्रेलियाली महिलाहरुले १० हजार डलर सहयोग गरेको र भारतले एउटा बोलेरो जिप सहयोग गरेको उक्त सहकारीका सदस्य शोभा योञ्जनले बताउनुभयो ।
साउथ एसियन फाउन्डेसनका महासचिव राहुल बरुवाले भवन निर्माणका लागि सहयोग गर्ने बताउँदै निर्माणको अन्तिम चरणसम्म आर्थिक समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही सहकारीलाई रु २० लाख बराबरको साबुन बनाउने मेसिन जोनता क्लब, काठमाडौँले उपलब्ध गराइसकेको क्लबका अध्यक्ष मीरा ज्योतिले जानकारी गराउनुभयो । रासस

3995
Shares

ट्रेन्डिङ