सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  •  सहकारीमा मेरो २ लाख मात्र छ, त्रुटिले २० लाख लेखियो:सञ्चारमन्त्री शर्मा

 सहकारीमा मेरो २ लाख मात्र छ, त्रुटिले २० लाख लेखियो:सञ्चारमन्त्री शर्मा

710
Shares
 सहकारीमा मेरो २ लाख मात्र छ, त्रुटिले २० लाख लेखियो:सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले क्यारिना ऋण तथा बचत सहकारी संस्थामा आफ्नो बचत रकमको अंकमा ‘टाइपिङ मिस्टेक’ भएको दाबी गरेकी छन् ।

क्यारिना सहकारी संस्थामा बचत रकम करिब २ लाख हुनुपर्नेमा टाइपिङ मिस्टेक भएर २० लाख उल्लेख भएको मन्त्री शर्माको भनाइ छ ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणमा शर्माले क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रहेको उल्लेख छ । उनको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार र एभरेष्ट बैंकमा २८ हजार बचत रहेको उल्लेख छ ।

यसैगरी श्रीमान कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा ६ आना १ पैसा एक दाममा बनेको साढे दुई तले घर, ६ तोला सुन, दुई तोला चाँदी र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ६५ लाख रुपैयाँ ऋण पनि उल्लेख छ ।

710
Shares

ट्रेन्डिङ