सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • नेपालको पर्यटन प्रबद्धनका लागी फोटो प्रतियोगिता हुने

नेपालको पर्यटन प्रबद्धनका लागी फोटो प्रतियोगिता हुने

4415
Shares
नेपालको पर्यटन प्रबद्धनका लागी फोटो प्रतियोगिता हुने

नेपालको पर्यटन प्रबद्धन गर्नका लागी अठोट नेपालले फोटो प्रतियोगिता गर्ने भएको छ । काठमाडौमा आज पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको घोषणा गरेको हो ।

कोभिड महामारीले तहस नहस पारेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागी फोटोको माध्यमबाट देशै भरीका पर्यटकिय गन्तव्यहरुलाई प्रबद्धन गर्नका लागी प्रतियोगिताको आयोजना गरेको कार्यक्रमका संयोजक देबेन्द्र बहादुर शाहीले बताए ।

शाहीका अनुसार यो प्रतियोगिता सातै प्रदेशका फोटोग्रफरहरुलाई प्रत्साहन गर्न र उनिहरुको क्षमतालाई उजागर गर्नका लागी गरीएको हो । यस प्रतियोगितामा सम्पुर्ण फोटोग्राफरहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

प्रतियोगिहरुले चार वटा बिधामा प्रतिस्पर्धा गर्न सक्नेछन् । जसमध्य नेचर , कल्चर, लाईफस्टाइल, र वाईल्डलाईफ रहेको छ । प्रत्येक बिधामा ५०/५० हजार नगद पुरस्कारको घोषणा गर्नुका साथै चार मध्य एक उत्कृष्ट लाई से फोक्सुन्डोको फोटोग्राफि टुर प्याकेज दिने घोषण गरेको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेश बाट ७/७ फोटो छनौट गरी जम्मा ४९ र बाँकि चार बिधा बाट ४ गरेर जम्मा ५३ फोटोहरु लाई नेपालको पर्यटन प्रबद्धनका लागी सात प्रदेशमा प्रदर्शन गरीने संयोजक शाहीले बताए । प्रतियोगितामा सामेल हुनका लागी केही सर्तहरु समेत रहेको छ। प्रतियोगिताको सम्र्पुण जानकारी लिन र आफ्नो फोटो अपलोड गर्नका लागी www.presentingnepal.com मा गएर फोटो अपलोड गर्न मिल्लेछ ।

उक्त प्रतियोगिता भदौ ३ गते अर्थात (वल्ड फोटोग्राफि डे ) को दिन एक कार्यक्रमका बिच उत्कृष्ट घोषणा गरीनेछ । यस प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा रहेका छन् । अन्य निर्णायकहरु केही दिनमा राखिने संयोजक शाहीले जानकारी दिए ।

4415
Shares

ट्रेन्डिङ