सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • काभ्रेमा कोरोनाको संक्रमण बढेको भन्दै सचेत रहन धुलिखेल नगरको अपलि

काभ्रेमा कोरोनाको संक्रमण बढेको भन्दै सचेत रहन धुलिखेल नगरको अपलि

4325
Shares
काभ्रेमा कोरोनाको संक्रमण बढेको भन्दै सचेत रहन धुलिखेल नगरको अपलि

कोरोना भाईरसको संक्रमण फेरी बढ्न थालेको भन्दै काभ्रेको धुलिखेल नगरपालिकाले सचेत रहन सर्वसाधारणमा अपिल गरेको छ । छिमेकी जिल्लाहरुमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलन थालेको भन्दै नगरपालिकाले सचेत रहन भनेको हो ।

आज एक सूचना जारी गर्दै नगरपालिकाले भौतिक दुरी कायम गर्न,मास्क अनिवार्य प्रयोग गर्न,भिडभाड हुने क्षेत्रमा नजान आग्रह गरेको हो । त्यस्तै कसैलाई झाडापखाला लागे,ज्वरो आउने,रुघाखोकीको लक्षण देखा परे नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

यस्तै वर्षातको समय भएकाले पानी दुषित हुन सक्ने भन्दै उमालेर मात्रै पानीको प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईँटेलद्धारा हस्ताक्षरित सूचनामा झाडापखाला,बान लगायत अन्य नयाँ रोग देखा परे नजिकैको स्वाथ्य संस्था वा धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

साथै स्वास्थ्यकर्मीलाई पनि अत्यावश्यक बाहेक बिदामा नबस्न र सेवालाई निरन्तरता दिन पनि नगरपालिकाले आग्रह गरेको छ ।

4325
Shares

ट्रेन्डिङ