सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेका स्थानीय तहले थाले कोभिड सचेतनाको घण्टी बजाउन

काभ्रेका स्थानीय तहले थाले कोभिड सचेतनाको घण्टी बजाउन

17765
Shares
काभ्रेका स्थानीय तहले थाले कोभिड सचेतनाको घण्टी बजाउन

काभ्रेका स्थानीय तहले कोभिड १९ बाट जोगिन पुनः आफ्ना नागरिकलाई आग्रह गरेका छन । नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिकामा कोभिडका बिरामी देखिएसंगै अन्य स्थानीय तहले पनि कोभिड सचेतनाको घण्टी बनाउन थालेका हुन् ।

काभ्रेका विभिन्न स्थानीय तहले आफ्ना नागरिकलाई सचेत गराउँदै कोभिडबाट बच्न यसअघि अपनाइएका स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अललम्बन गर्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

नमोबुद्ध, धुलिखेल र पनौती नगरपालिकाले सूचना नै जारी गरेर आफ्ना नागरिकलाई सजग गराइसकेका छन । सामाजिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, ठूला भिडभाडमा नजान र समय समयमा साबुन पानीले मिचिमिति हातधुन स्थानीय तहले भनेका छन् ।

झाडापखाला लागे, ज्वरो आए र रुघाखोकीको लक्षण देखिए तत्काल आफु बसेको ठाउँ नजिक रहेका स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि स्थानीय तहहरुले अनुरोध गरेका छन । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा आज १७ जनाको कोभिड परीक्षण गरिएको थियो ।

जिल्लामा आज एक जनामा पनि कोभिड नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १८ जना रहेको छ ।

त्यसमा ९ जना विदेशी मुलका नागरिक रहेका छन । बाँकी धुलिखेल नगरपालिकाका ८ जना र नमोबुद्ध नगरपालिकाका १ जना छन । ९ जना संक्रमित आफ्नै घरमा आइसोलेसनमा रहेका छन ।

17765
Shares

ट्रेन्डिङ