सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको साँगामा बस दुर्घटना,५ जना घाइते

काभ्रेको साँगामा बस दुर्घटना,५ जना घाइते

2445
Shares
काभ्रेको साँगामा बस दुर्घटना,५ जना घाइते

काभ्रे : काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ ।

 

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।

https://www.facebook.com/watch?v=6343223205727385

2445
Shares

ट्रेन्डिङ