सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • वी. पी स्मृती दिवसमा नेपाली कांग्रेस काभ्रेले गर्यो वृक्षारोपण

वी. पी स्मृती दिवसमा नेपाली कांग्रेस काभ्रेले गर्यो वृक्षारोपण

2785
Shares
वी. पी स्मृती दिवसमा नेपाली कांग्रेस काभ्रेले गर्यो वृक्षारोपण

काभ्रे : जननायक विश्वेश्वरप्रसाद (वी.पी) कोइरालाको ४१ औं स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेले बनेपा–५ ओपीमा वृक्षारोपण गरेको छ ।

नेपाली कांग्रेस काभ्रे, भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाको आयोजना, नेपाली कांग्रेस बनेपा नगर समितिको व्यवस्थापन, नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर समितिको सहआयोजनामा बनेपामा कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस काभ्रेका कार्यवहाक सभापति ठाकुरप्रसाद न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाका प्रमुख रहेका नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य रामराज जोशीले गरेका थिए ।

वृक्षारोपणमा नेपाली कांग्रेस काभ्रेका पदाधिकारी एवं सदस्यहरु, क्षेत्र नं २ (ख) का सभापति रामहरी श्रेष्ठ लगायत पदाधिकारी र सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी र पार्टी शुभेच्छुकहरुको उपस्थिती थियो ।

नेपाली कांग्रेसले वी.पी स्मृती वृक्षारोपण लगायत विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन समेत दिएको थियो । काभ्रेका अधिकाश स्थानीय तहमा पार्टीले वृक्षारोपण गरेको काभ्रे काङ्ग्रेसले जनाएको छ ।

बनेपामा वृक्षारोपणपछि वक्ताहरुले नेपाली राजनीति र साहित्य क्षेत्रमा वी.पी कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

2785
Shares

ट्रेन्डिङ