सबैको समाचार
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • अव आम नेपालीहरु पैसाको अभावबाट उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत

अव आम नेपालीहरु पैसाको अभावबाट उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत

कुनै भिआईपीले विदेश गएर उपचार गर्दा राज्यले खर्च नदिने र आफ़ुले खर्च गर्नु पर्छ

4075
Shares
अव आम नेपालीहरु पैसाको अभावबाट उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत
mohan bahadur basnet in dhulikhel hospital

काभ्रे , साउन १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताउनुभएको छ ।

दोश्रो आधारभूत जिवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आफुले मन्त्रालयमा काम सुरु गरेपछि धेरै सुधारका काम भएको भन्दै पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको जानकारी दिदै निजी अस्पतालहरुले पनि १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएको बताउनुभयो । उहाले दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउनुयो ।

उहाले सानोतिनो रोगको उपचारका लागि भिआईभी र भिभिआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको भन्दै भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टीम बनाइदिएको धारणा राख्नुभयो ।

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

4075
Shares

ट्रेन्डिङ