सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • अविरल बर्षाको कारण विपि राजमार्ग अवरुद्ध ,बनेपा डुबानमा

अविरल बर्षाको कारण विपि राजमार्ग अवरुद्ध ,बनेपा डुबानमा

7655
Shares
अविरल बर्षाको कारण विपि राजमार्ग अवरुद्ध ,बनेपा डुबानमा

काभ्रे। काभ्रेको जिल्ला काभ्रे रोशी गा.पा.९ नार्के लगायत विभिन्न ठाँउमा वि.पि. राजमार्गमा पहिरो तथा खोलामा आएको बाढी र लेदोको कारण बाटो दुई तर्फी रुपमा अवरोध भएको जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनाएको छ ।

ट्राफिक कार्यलयका अनुसार वि.पि. राजमार्ग सडक विभागले दुईतर्फी नै सडक खुलाउने प्रयास गरिहेको भएता पनि अविरल बर्षातको कारण समस्या भैरहेको जनाएको छ ।  बर्षा भैरहेकाले आज सकेसम्म बैकल्पिक मार्ग प्रयोग गर्न हुन अनुरोध समेत गरेको छ ।

संगै यता अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजार र धनेश्वोर क्षेत्र समेत डुवान भएको छ । डुबानका कारण सवारी आवज जावतमा समस्या भएको छ । पुल बजार र धनेश्वोर मार्गका पसलहरु समेत खुल्न सकेका छैनन् ।

https://www.facebook.com/sabaikosamacharonline/videos/1455051718591383

7655
Shares

ट्रेन्डिङ