सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • संसद हाइज्याक भयो: रवि लामिछाने

संसद हाइज्याक भयो: रवि लामिछाने

2405
Shares
संसद हाइज्याक भयो: रवि लामिछाने

काठमाडौं, २९ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठक पनि नेकपा एमालेले अवरूद्ध गर्दा स्थगित भएपछि रास्वपा सभापति लामिछानेले ट्विट गर्दै संसद हाइज्याक (कब्जा) भएको बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन बरामद भएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेले माग गर्दै आएको छ।

उक्त समिति नबनाएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ। त्यसरी पटकपटक संसद अवरूद्ध भइरहेको भन्दै रास्वपाले सभामुख देवराज घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो।

तर सोमबारको बैठक पनि चल्न सकेन। एमालेले संसद अवरूद्ध गरिरहँदा रास्वपा सभापति लामिछानेसहित सांसदहरूले बोल्न दिन सभामुख घिमिरेसँग आग्रह गरेका थिए। तर सभामुख घिमिरले समय दिएनन्। त्यसपछि अर्को बैठक भदौ ३ गते बस्ने गरी स्थगित गरेको हो।

2405
Shares

ट्रेन्डिङ