सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

१४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

1870
Shares
१४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं :- फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई अहिले काठमाण्डाैकाे सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हाे।

गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक राेजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ। गुरुङले रानाभाटलाई फ्रान्समा हाेटलमा काम लगाइदिने र महिनाकाे एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलाेभनमा पारेका थिए।

गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका गुरुङलाई आज आइतवार सुकेधाराबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीकाे भनाइ छ।


1870
Shares

ट्रेन्डिङ