सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आठ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा ४८ वर्षीय तामाङ पक्राउ

आठ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा ४८ वर्षीय तामाङ पक्राउ

2780
Shares
आठ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा ४८ वर्षीय तामाङ पक्राउ

मोरङ :- मोरङमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन्। उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

2780
Shares

ट्रेन्डिङ