सबैको समाचार
शुक्रबार, कार्तिक २८, २०८३
  • होमपेज
  • देशभरको अस्पतालले भोलि सेवा बन्द गर्ने

देशभरको अस्पतालले भोलि सेवा बन्द गर्ने

2445
Shares
देशभरको अस्पतालले भोलि सेवा बन्द गर्ने

काठमाडौं :- नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै संघले कुरा जनाएको हो।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाइएको छ।

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो। दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्ने लगायत माग पनि संघले गरेको छ।

2445
Shares

ट्रेन्डिङ