सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एघारौँ चितवन महोत्सव सुरु

एघारौँ चितवन महोत्सव सुरु

2580
Shares
एघारौँ चितवन महोत्सव सुरु

एघारौँ चितवन महोत्सव सुरु भएको छ । महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको छ ।
विगतका महोत्सवभन्दा पृथक गरिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले केही बेरपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमका अनुसार स्टलमा स्वदेशी र विदेशी उत्पादन बिक्री तथा प्रदर्शनका लागि राखिएका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिइएको महोत्सव अवधिमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने छ ।
महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । विगतको परम्परालाई परिमार्जन गर्दै यस वर्ष बालउद्यान हटाइएको, पास वितराण रोकिएको र पान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई स्टल नदिइएको बताइएको छ विगतका वर्षमा ३० हजारभन्दा बढी पास वितरण गरिन्थ्यो ।
महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल हँुदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक रहेको महोत्सवमा चितवन जिविस र भरतपुर उपमहानगरपालिका सहआयोजक रहेका छन् । रासस

2580
Shares

ट्रेन्डिङ