संयुक्त अरब इमिरात (दुवाई)मा बाघ, सिंह जस्ता डरलाग्दा जनावरहरु पाल्ने, आरामदायी जीवन विताउनेहरुको लागि एकदमै राम्रो देश मानिथ्यो । गल्फ न्यूजका अनुसार संयुक्त अबर इमिरेटको नयाँ कानुन अनुसार अब बाघ, चितुवा, सिंह जस्ता डरलाग्दा जनावरहरु अब घरमा पाल्न पाइने छैन ।
इमिरात का राजा शेख खलीफा विन जाएद अन–नहयानले अब त्यसरी पालिने कामलाई कानुनी मान्यता नदिने भएका छन् । यस प्रकारका डरलाग्ला जनावरहरुलाई घरमा पाल्न नदिने कानूनमा अन–नहयानले स्वीकृती दिएका हुन ।
संयुक्त अरब इमिरातको नयाँ कानुन अनुसार अव बाघ, चितुवा, सिंह जस्ता अन्य डरलाग्दा जनवारहरु पालेमा जरिवाना अथवा जेल सजाय पनि हुन सक्नेछ ।
तापनि इमिरातमा बसोबास गर्ने मानिसहरु यस प्रकारका डरलाग्दो जनावरहरुलाई घरमा पाल्नु बनाउनु आफ्नो शेख मान्ने गर्दछन् । विशेष गरी बाघ र चितुवा जंगलको डरलाग्दो जनावर भए पनि इमिरात र अन्य खाडी मुलुकमा बसोबास गर्ने मानिसहरुले यसलाई घरपालुवा जनावर जसरी पाल्ने गरेका छन् ।
इमिरातको नयाँ कानुन अनुसार अब जंगली जनावर र घर पालुवा जनावर दुवै खालका जनावरहरु घरमा राख्न गैरकानुरी र खतरनाक हुने बताएको छ ।
यिनीहरुलाई चिडियाघर, अथवा निकुञ्जहरुमा राख्न सकिने बताएको छ । यदी नियम विपरित जनावर पालेको पाईएमा ६ महिनाको जेल सजायका साथै एक लाख छत्तिस हजार डलर हर्जना बेहोर्नु पर्ने हुन्छ ।
नयाँ कानुन अनुसार इमिरातमा घर पालुवा कुकुर पाल्नको लागि लाइसेन्सको आवश्यता पर्दछ । तर लाइसेन्स भए पनि उनीहरुले आफ्नो घर पालुवा कुकुरलाई सार्वजनिक स्थलमा लैजान भने पाउने छैनन् । यदि कुकुर पाल्नको लागि लाइसेन्स नदिएको अवस्थामा करिब ३० लाख रुपैया जरिवाना लाग्नेछ ।