सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेका सबै रेडियो र टिभिका एउटै मन्च

काभ्रेका सबै रेडियो र टिभिका एउटै मन्च

9845
Shares
काभ्रेका सबै रेडियो र टिभिका एउटै मन्च

काभ्रे , असार ६ : जिल्लामै पहिलो पटक रेडियो र टेलिभिजन संचालकहरुको संस्था काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्च गठन गरिएको छ । काभ्रे जिल्लामा संचालित १० वटा रेडियो र १ टेलिभिजनलाई समेटेर यस मञ्च निर्माण गरिएको मञ्चका अध्यक्ष सचित खड्काले जानकारी दिए । आज एक कार्यक्रमका बिच बसेको भेलाले सो मञ्च गठन गरिएको हो ।

मञ्चको अध्यक्षमा सचित खड्का (रेडियो सेफर्ड), उपाध्यक्षमा रमेश न्यौपाने (रेडियो एबिसि ), महासचिवमा भुवन रायमाझी (प्राईम एफएम), सचिवमा राजन प्रसाद दाहाल (रेडियो रोशी) र कोषाध्यक्षमा संझना हुमागाई (रेडियो अरनिको) चयन भएका छन् । यसैगरी सदस्यहरुमा शंकर अधिकारी (अरनिको टेलिभिजन), कृष्ण प्रसाद नेपाल (रेडियो गौरव), समिर भण्डारी (मनोरञ्जन एफएम), राम कृष्ण बन्जारा (रेडियो मध्यपूर्व), कर्म लामा (रेडियो टपटाउन), हिरामान लामा (रेडियो नमोबुद्ध) चयन भएका छन् ।

स्थानिय रेडियो टेलिभिजनहरु चल्न, व्यवसायीकरण हुन नसकेको अवस्थामा यस मञ्चले सहयोग गर्ने छ । यस मञ्चले स्थानिय, प्रदेश, केन्द्र सरकार, निजि कम्पनीहरु सँग समन्वय गरि बिज्ञापन, सुचना, कार्यक्रमहरु संकलन गरी प्रशारण गर्ने र त्यस बापतको रकम सबैलाई एकद्वार प्रणालीबाट वितरण गरिने अध्यक्ष खड्काले जानकारी दिए ।

9845
Shares

ट्रेन्डिङ