सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पर्सामा दुई पक्षबीच झडप: सात जना घाइते,२ को अवस्था गम्भीर

पर्सामा दुई पक्षबीच झडप: सात जना घाइते,२ को अवस्था गम्भीर

6465
Shares
पर्सामा दुई पक्षबीच झडप: सात जना घाइते,२ को अवस्था गम्भीर

वीरगन्ज: पर्साको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहा गाउँमा सडक निर्माणको विषयमा दुई पक्षबीच विवाद भइ झडप भएको छ। झडपमा ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा रामअवध बैठा, रामसागर बैठा, वसन्त बैठा, रामलखन बैठा, कन्हाई साह, सुमित्री कुमारी र रामप्रवेश बैठा छन्।

घाइतेमध्ये ६ जनाको वीरगन्जमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते रामप्रवेशलाई भने प्रहरीले नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष विजय चौरसियाले जानकारी दिए ।

खेस्राहा गाउँमा रहेको सार्वजनिक बाटो निर्माणको विषयमा केही समयदेखि स्थानीय बीच विवाद थियो। त्यही विवाद सुल्झाउन गाउँमा बिहीबार सर्वपक्षीय बैठक बसेको थियो। बैठकमै दुई पक्षबीच विवाद भएर कुटाकुट भएको चौरसीयाले बताए। बैठक स्थलमा प्रहरी रहे पनि कुटपिटबाट मान्छे गम्भीर घाइते हुँदासम्म प्रहरीले कुनै सुरक्षा प्रदान नगरेको गाउँपालिका अध्यक्ष चौरसियाले बताए।
-अन्नपुर्ण पोष्ट

6465
Shares

ट्रेन्डिङ