सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेपालले सीपमूलक शिक्षामा जोड दिनुपर्छ

नेपालले सीपमूलक शिक्षामा जोड दिनुपर्छ

3380
Shares
नेपालले सीपमूलक शिक्षामा जोड दिनुपर्छ

नेपालका लागि भारतीय राजदूत रणजीत रायले कमलामाई नगरपालिका–६ नुनथलामा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको निर्मित प्राविधिक प्रयोगात्मक कार्यशाला भवनको आज उद्घाटन गर्दै सीप नसिकी विदेशमा रोजगारीका लागि जाँदा नेपाली युवाले कम मूल्यमा काम गर्नुपर्ने अवस्था आएकाले सीपमूलक शिक्षा आवश्यक रहेको आँैल्याउनुभएको छ ।
इन्स्टिच्युटको आन्तरिक स्रोत तथा केही दातृ निकायको सहयोगमा प्रयोगात्मक कार्यशालाको भवन बनाइएको हो । सो भवन बनाउन रु पाँच लाख मूल्य बराबरको सामान नेपाल भारतमैत्री समाज काठमाडाँैले तथा अस्ट्रेलियाबाट रोटरी क्लबले सुविधायुक्त सामानको सहयोग गरेको इन्स्टिच्युटका प्रिन्सिपल अम्बरदीप देवकोटाले जानकारी दिनुभयो ।
यसैविच सो इन्स्टिच्युटको तीन तले विल्डिङ भवन निमार्णका लागि भारतीय दुतावासबाट ४ करोड ४१ लाख ३२ हजार ६ सय रुपैंया सहयोग प्राप्त भएको छ ।
इन्स्टिच्युटको लागि आवश्यक भवन बनाउनका लागि भारतीय दुतावासका द्धितिय सचिव ज्ञान वीरसिंह, स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाँई र इन्स्टिच्युटका प्रिन्सिपल देवकोटा बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
सम्झौता भएअनुरुप इन्स्टिच्युटको कक्षा कोठाको भवन आगामी १८ महिना भित्र निर्माण सम्पनन् गरिने बताईएको छ । रासस

3380
Shares

ट्रेन्डिङ