सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेलको रबिओपिमा सिस्नेखोला सिंचाइ आयोजनाको शिलान्यास

धुलिखेलको रबिओपिमा सिस्नेखोला सिंचाइ आयोजनाको शिलान्यास

7560
Shares
धुलिखेलको रबिओपिमा सिस्नेखोला सिंचाइ आयोजनाको शिलान्यास

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रबिओपिमा सिंचाइ आयोजनाको शिलान्यास गरिएको छ । रबिओपि स्थित सिस्नेखोला सिंचाइ आयोजनाको आज नगर प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

रबिओपिको कृषि क्षेत्रलाई मध्यनजर गर्दै ४ करोड २ लाखको लागतमा सिंचाइ आयोजनाको निर्माण गर्न लागिएको नगर प्रमुख ब्यञ्जुले बताउनुभयो । उक्त सिंचाइ आयोजनाबाट १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लिफ्ट सिंचाइ गर्ने योजना रहेको बताइएको छ ।

सिंचाइ आयोजना निमार्ण पछि ब्यवसायी कृषि पेशा गर्न थप सहज हुने त्यहाँका किसानले बताएका छन् । यस अघि सोही वडामा छहरे खोला लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास भईसकेको छ । करिब २ करोडको लागतमो निर्माण हुने सिंचाइ आयोजनाबाट १ सय ५० हेक्टर जमिनमा सिचाई गर्ने योजना रहेको छ ।

7560
Shares

ट्रेन्डिङ