सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चाडपर्वमा बजार थप अनुगमन गर्न रास्वपाको ध्यानाकर्षण

चाडपर्वमा बजार थप अनुगमन गर्न रास्वपाको ध्यानाकर्षण

2545
Shares
चाडपर्वमा बजार थप अनुगमन गर्न रास्वपाको ध्यानाकर्षण

काभ्रे । रास्वपा काभ्रेले आज प्रमुख जिल्ल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ् । रास्वपा काभ्रेका जिल्ला सम्योजक प्रविण ढकाल लगाएतका नेताहरुले आज प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्मालाई बजार अनुगमन तथा महगी नियन्त्रण गरिदिन आग्रह सहितको पत्र हस्तान्तरण गरेका हुन।

बजारमा ब्यापारीले कृतिम अभाव सिर्जना गरि उपभोक्तालाई मारमा पारेकोमा र विभिन्न सस्था र उपभोक्ताको प्रत्यक्ष सम्पर्क रहने पेट्रोल पम्प , साल्ट ट्रेनिङ , होटल तथा रेस्टुरेन्टका भान्सा र खानाको गुणस्तर , पिउने पानीको जार र पानीको गुणस्तर तथा होलसेल तथा खुद्रा बजारमा अनुगमन गरीदीन अनुरोध गर्दै रास्वपाले ज्ञापनपत्र बुझाईएको जानकारी रास्वपा काभ्रेका सम्योजक तथा प्रदेश सदस्य प्रविण ढकालले दिएका छन् ।

संगै रास्वपा काभ्रेले शुभकामना आप्रान प्रदान कार्यक्रमहरु भद्द्दा तरिकालाई परिस्कृत रुप दिन कार्तिक ३ गते काभ्रेका सबै स्थानियतहमा उचित स्थानमा सरसफाई गरेर विजया दशमीको शुभकामना आदानप्रदान गरिने जानकारी समेत ढकालले गराएका छन ।

2545
Shares

ट्रेन्डिङ