सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

1945
Shares
नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

काठमाण्डाै । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे ।

वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ४ बलमा ४९ रन बनाउँदा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरासुकाले १५ र किफर यामामाेताेले १३ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्ता धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।

यसअघि मलेसियाकाे बायाेमास ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल राेकिएकाे थियाे । नेपालका दीपक बाेहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।

फाइनलमा पुगेसँगै नेपालले एसिया कप खेल्ने पक्का भएकाे छ । अब नेपालले फाइनलमा पर्सि मङ्गलवार यूएईसँग खेल्नेछ ।

1945
Shares

ट्रेन्डिङ