सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • खानाको बिल ७९ , टिप्स एक हजार पाउण्ड

खानाको बिल ७९ , टिप्स एक हजार पाउण्ड

4035
Shares
खानाको बिल ७९ , टिप्स एक हजार पाउण्ड

उत्तरी आयरल्याण्डको पोर्टाडाउनको एक भारतीय रेष्टुरेण्टमा आएका एक ग्राहकले केवल ७९ पाउण्डको खाना खाएका   थिए । खानाको स्वादबाट उनी खुसी भएर टिप्स मात्रै एक हजार पाउण्ड दिए ।
इन्डियन ट्री रेष्टुरेण्टका सेफ शब्बिर सत्तारका अनुसार ती ग्राहकले उनलाई निक्कै सम्मानका साथ बोलाए र एक हजार पाउण्ड टिप्स दिए। ती ब्यक्तीले आफ्नो परिचय भने सार्वजनिक गर्न चाहेनन्।
उनले अन्य पाँच ब्यक्तिसँग रेष्टुरेण्टमा मंगलबार खाना खाएका थिए। बिलको पैसा तिर्ने बेलामा ती ब्यक्तिले खानाको विलसँगै आफु सेवा शुल्क समेत दिन चाहेको बताए।
रेष्टुरेण्टका सञ्चालक लुना एकुशले से टिप्स निक्कै उदार रहेको बताए।’आभार ब्यक्त गर्ने यो सबैभन्दा सरल तरीका हो। यसको प्रभाव निक्कै बलियो हुन्छ। हामी सबै टिप्सको रकमबाट हैरान छौ’लुनाले भने।टिप्स दिने ग्राहकले सो रकम सबैको भएको बताएकाले रेष्टुरेण्टका सबै कामदारलाई बाँडिने लुनाले बताए।

4035
Shares

ट्रेन्डिङ