सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • ३० जनाले लिए गैरआवासीय नागरिकता

३० जनाले लिए गैरआवासीय नागरिकता

1790
Shares
३० जनाले लिए गैरआवासीय नागरिकता

गुल्मी । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् ।

यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफासिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।नेपाल नागरिकता -तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो ।

गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन पाउने छैनन् । तर, सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

1790
Shares

ट्रेन्डिङ