काभ्रे: मंसिर ७ गते बिहिबार पनौती नगरपालिकाले स्थानीय विदा दिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै मंसिर ७ गते हरिबोधनी एकादशीको दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशीका दिन पनौती नगरपालिका वडा नं ११ मा रहेको लड्केश्वर मन्दिरमा मेला लाग्दै आएको छ ।
उक्त दिन काभ्रेका विभिन्न क्षेत्र लगायत छिमेकी जिल्लाबाट समेत भक्तजनहरु लड्केश्वर महादेव दर्शन तथा मेला भर्न आउने गरेका छन् ।