सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेपाल एयरलाइन्सको चरम लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

नेपाल एयरलाइन्सको चरम लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

1015
Shares
नेपाल एयरलाइन्सको चरम लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

काठमाडौं ।  नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् ।छुटेका यात्रुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

एयरलाइन्सले यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको जनाएको छ ।

साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भएका थिए ।

1015
Shares

ट्रेन्डिङ