काठमाडौं । डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस पदाधिकारीमा सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति आफु सन्तुष्ट नभएको बताएकि छिन् ।
केन्द्रीय सदस्य देउवाले ३३ प्रतिशत निर्वाचन क्षेत्रमा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनैपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताइन् । सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्सन लड्ने ठाउँ बनाउनु पर्ने उनले बताएकी छिन् ।